FLASH NEWS
- Loading...
महिला एसिया कप: पाकिस्तानसँग खल्दै नेपाल
- गोल्डेन खबर
- ४ महिना अघि
- ७३ पटक पढिएको
काठमाडौं । एसिसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको दम्बुलामा हुने खेलमाइन्दु बर्माको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपाल लगातार दुई खेल जित्दै सेमिफाइनल पक्का गर्नेयोजनामा छ । दुईपटकको उपविजेता पाकिस्तान भने पहिलो जित निकाल्न चाहन्छ । तुलानात्मक रूपमा नेपालभन्दा पाकिस्तान बलियोछ । प्रशिक्षक मनोज कटवाल टेस्ट राष्ट्रविरुद्ध सम्हालिएर खेल्ने बताउँछन् । ‘पहिलो खेल जितेका छौँ । दोस्रो खेलमा बलियोपाकिस्तानसँग सम्हालिएर खेल्छौँ,’ प्रशिक्षक भन्छन् ।
पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई ६ विकेटले हराएको थियो । एसिया कपमा नेपालको यो पहिलो जित हो ।
प्रतिक्रिया दिनुहोस