FLASH NEWS
  • Loading...

दोलखा भीमेश्वर मन्दीरको शिलामा पसिना

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ५७ पटक पढिएको
दोलखा भीमेश्वर मन्दीरको शिलामा पसिना

दोलखा प्रसिद्ध दोलखा भीमेश्वरको सिलामा दुई घण्टा देखि निरन्तर पसिना आएको छ। सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचककारुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख सरकारले क्षमा पूजा पठाउने चलन छ।

भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठका अनुसार शनिबार दिउँसो :४७ देखि सिलाकोबायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ।

पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ। मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन्। सिलाएक्कासि चम्किलो भएर तपतप बग्न सुरु गरेको पसिना दुई घण्टा देखि निरन्तर रहेको स्थानीयले बताएका छन्

सिलामा पसिना आउँदा अनिष्टको सूचकका रुपमा लिने जनविश्वास छ। अध्यक्ष श्रेष्ठले जिल्ला प्रशासन मार्फत सरकार राष्ट्रपतिलाई खबर पुर्‍याइने जानकारी दिए

सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख सर्वसाधारणलाईपठाईने गरिन्छ। कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने विश्वास गरिन्छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित