- Loading...
‘चुनावसम्म नै माओवादीसँग सहकार्य नगर्ने शर्तमा कांग्रेससँग गठबन्धन’ – पोखरेल
- गोल्डेन खबर
- ६ महिना अघि
- ९३ पटक पढिएको
काठमाडौं । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनसम्म माओवादी केन्द्रसँग सहकार्य नगर्ने शर्तमा कांग्रेससँग मिलेरसरकार बनाएको बताएका छन् । शुक्रबार कतारको दोहामा प्रवासी मञ्चको सातौँ अधिवेशनमा पोखरेलले राजनीतिक स्थायित्वकालागि एमाले–कांग्रेस सरकार बनेको बताए ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै बेइमानीका कारण अघिल्लो सरकार ढलेको आरोप लगाए । उनले प्रचण्डले चुलबुल गर्दाहुँदाखाँदाको सरकार ढलेको टिप्पणी गरे । ‘देशमा २० सिटे पनि प्रधानमन्त्री बन्ने अवस्था आएपछि जनताको अभिमत प्राप्त दलहरूलेनयाँ सरकार गठन गर्यौँ, उनले भने ।
एमालेले नै देशलाई समृद्ध बनाउने भन्दै उनले अब नेपालमा साना दलको काम नरहेको तर्क गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालमा रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती रहेको बताए । उनले रेमिट्यान्सको पैसाउत्पादनमा लगाउनुपर्ने धारणा राखेका छन् ।