FLASH NEWS
  • Loading...

बंगलादेशलाई १ सय २३ करोडको बिजुली बेच्ने तयारीमा सरकार

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ११३ पटक पढिएको
बंगलादेशलाई १ सय २३ करोडको बिजुली बेच्ने तयारीमा सरकार

काठमाडौं । नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत् व्यापारका लागि त्रिपक्षीय सम्झौताको तयारी गरिएको छ । तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता साउन १३ गते (जुलाई २८) मा विद्युत् व्यापार सम्झौता गर्न हुन लागेको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले जानकारी दिएका छन् । नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् निर्यात हुने छ ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच ऊर्जा सम्झौता हुन लागेको हो । सम्झौतामा भने नेपाल विद्युत् प्राधिकरण, एनभीभीएन भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) बीच हुने छ ।

बीपीडीबीले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौता अनुसार ५ वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो । नेपाल प्राधिकरणले विद्युत् बिक्रीका लागि कागजात पेस गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित