FLASH NEWS
  • Loading...

काठमाडौँ महानगरले भन्यो डेंगुको शंङ्का लागेमा ११८० मा फोन गर्नु

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ८१ पटक पढिएको
काठमाडौँ महानगरले भन्यो डेंगुको शंङ्का लागेमा ११८० मा फोन गर्नु

काठमाडौँ । बर्षायाम सुरु भए संगै डेंगुको जोखिम बढेपछि काठमाडौँ महानगरपालिकाले डेंगु लागेको शंङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ।

परामर्श सेवाका लागि कामपाले निःशुल्क (हटलाइन टेलिफोन ११८०) चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिएका छन् । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह समेत गरेका छन् ।

महानगरले सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको जानकारी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित