FLASH NEWS
  • Loading...

चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा १६ जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ५९ पटक पढिएको
चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा १६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन् । आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् । चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित