- Loading...
त्रिशूलीमा बेपत्ता बसका १७ जनाको शव फेला, ९ को सनाखत
- गोल्डेन खबर
- ६ महिना अघि
- १४१ पटक पढिएको
काठमाडौँ । पाँच दिनअघि पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये मंगलबार साँझसम्म ९ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
‘९ वटा शवको सनाखत भएको छ । बाँकी ८ वटाको भइसकेको छैन’, उनले मंगलबार साँझ जानकारी गराए । उनका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ६ पुरुष र २ महिला गरी ८ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ५ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । मृतकहरूमा भारतीय नागरिक सतपाल साह, मेराज हुसेन, ओम प्रकाश ठाकुर, चितवनका सम बहादुर बिक, विजय परियार, सर्लाहीका रवीन्द्र कुमार माझी, रौतहटका इस्लाम मिया, नन्दलाल चौधरी र बाराका रमान्त पण्डित छन् । उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो ।
अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको हो । हराइरहेको यात्रुसहितको दुई वटा बस खोजी कार्यको लागि आजदेखि सशस्त्र प्रहरीको ३ सय १ जना सुरक्षा फौज घटनास्थलदेखि करिब १ सय ३२ किलोमिटर दुरी रहेको गण्डक ब्यारेजसम्म परिचालन भएको छ ।