FLASH NEWS
  • Loading...

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ६० पटक पढिएको
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

काठमाडौं नेपालमा प्रत्येक वर्ष साउन गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवंआफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेशगर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्यदक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन छ। माघ गते सुरु हुने उत्तरायण साउन गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकालेअसार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्नलुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्। एक महिना काम गर्ने किसानसाउन गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुनेवनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।लुतो फाल्दा आफ्नोकूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपालीसमाजमा छ। साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनिलिइन्छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित