FLASH NEWS
  • Loading...

कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ७६ पटक पढिएको
कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

फ्लोरिडा । अर्जेन्टिनाले ४८ औँ संस्करणको कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी लो सेल्सोले उनलाई गोलको अवसर सिर्जना गरेका थिए । योसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित