- Loading...
त्रिशूली नदीमा बेपत्ता बसको खोजी कार्य जारी
- गोल्डेन खबर
- ६ महिना अघि
- ११० पटक पढिएको
चितवन । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेलापरेका छैनन्।
शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु भएको छ।
खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन्।
आजदेखि घटनास्थल र तल तिर सबै सम्भावित स्थानहरूसँगै देवघाटमा समेत खोजी कार्य जारी गरिएको चितवनका प्रमुख जिल्लाअधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।
दुईवटा बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एकसूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।
शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ। नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ। गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।