FLASH NEWS
  • Loading...

त्रिशूलीमा बेपत्ता बस भेटिएनन्, भोलि फेरी खोजिने

  • गोल्डेन खबर
  • ६ महिना अघि
  • १५६ पटक पढिएको
त्रिशूलीमा बेपत्ता बस भेटिएनन्, भोलि फेरी खोजिने

चितवन त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन शुक्रबार साँझ भइसकेको त्रिशूलीमा जलसतह उच्चभएकाले खोजीमा समस्या भएको हुँदा आजलाई खोजी कार्य स्थगित गरिएको

मौसम अनुकूल भए भोली (शनिबार) बिहानबाटै पुन: खोजी कार्य गर्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाललेजानकारी दिए

अहिलेसम्म केही प्रगति केही छैन आज साँझ भइसकेकाले खोजी कार्य स्थगित गरेका छौं भोली बिहान पानीको वहाव कस्तो रहन्छ, मौसमले कत्तीको साथ दिन्छ। सोही अनुसार खोजी सुरु गर्छौं उनले भने

नारायणगढमुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आजबिहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ।

आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स वीरगन्जबाट काठमाडौँ जाँदै गरेकोएञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए  

प्रहरीका अनुसार गौर जाँदै गरेको बसमा ४१ काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित