- Loading...
प्रधानमन्त्री प्रचण्डले गुमाए प्रतिनिधिसभाको विश्वास, नयाँ सरकार गठनको बाटो खुल्यो
- गोल्डेन खबर
- ६ महिना अघि
- १२१ पटक पढिएको
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन् । प्रतिनिधिसभाबाट विश्वास गुमाएकाले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।
सत्तासाझेदार दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धनका निम्ति सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ सांसदले मतदान गरे । एक सांसद तटस्थ रहे । बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए।
प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदले मतदान गरे । कांग्रेस, एमाले, राप्रपा, जसपा नेपाल, जसपालगायतका दलका सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत जाहेर गरे ।
संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनबाट तेस्रो दल बनेको एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस ०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।