FLASH NEWS
- Loading...
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुनः खुल्यो
- गोल्डेन खबर
- ४ महिना अघि
- १३० पटक पढिएको
चितवन । वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।
आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षकसुरेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमाएकतर्फी यातायात सञ्चालनमा आएको छ ।
सिमलतालमा दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।
सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ । अहिले बस र यात्रुको खोजीकालागि धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस