FLASH NEWS
  • Loading...

बेलायती आम निर्वाचनः फराकिलो जित निकाल्दै विपक्षी लेबर पार्टी

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १२३ पटक पढिएको
बेलायती आम निर्वाचनः फराकिलो जित निकाल्दै विपक्षी लेबर पार्टी

एजेन्सी । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टी फराकिलो जित उन्मुख भएको छ । मतगणना जारी रहँदा ६५० सिट रहेको बेलायती संसदमा लेबर पार्टीले ४०५ सिटमा जित निकाल्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले १५४ सिट ल्याउने आँकलन छ । जारी मतगणनामा लेबर पार्टीले २१२ सिट जितिसकेको छ । कन्जर्भेटिभले ३४ सिट जितेको छ । १४ वर्ष सत्ता बाहिर रहेको लेबर पार्टी यो ठूलो जितसँगै किएर स्टार्मरको नेतृत्वमा सरकरमा पुनरागमन गर्ने अनुमान गरिएको छ । बहुमतको सरकारका बनाउन ३२६ सिट आवश्यक पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित