FLASH NEWS
  • Loading...

‘प्रचण्ड यति धेरै अस्थिर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन’ – कांग्रेस महामन्त्री थापा

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ७२ पटक पढिएको
‘प्रचण्ड यति धेरै अस्थिर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन’ – कांग्रेस महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएको खुलासा गरेका छन् । बिहीवार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री थापाले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको मुख्य कारण प्रधानमन्त्री प्रचण्ड स्वयं नै भएको दावी गरे ।

उनले प्रधानमन्त्री प्रचण्डको अस्थिरताका कारण अहिलेको परिस्थिति उत्पन्न भएको दावीसमेत गरे । ‘अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो । सरकार बनेको २/४ महिना नहुँदै अर्को गठबन्धन बन्थ्यो‚ बन्दैनथ्यो‚’ उनले भने, ‘प्रचण्डको यति धेरै अस्थिर चरित्र, व्यवहार नभएको भए । एमालेसँग सरकारमा गइसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्न हातखुट्टा पसार्न थालिसकेपछि अहिलेको दुर्घटना निम्त्याएको उहाँकै कारणले हो ।’ उनले प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रमा कुनै पनि दलले विश्वास गर्न नसकेपछि एमाले र कांग्रेस मिलेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित