FLASH NEWS
  • Loading...

बेलायतमा आम निर्वाचनः अधिराज्यभर मतदान जारी

  • गोल्डेन खबर
  • ६ महिना अघि
  • १६३ पटक पढिएको
बेलायतमा आम निर्वाचनः अधिराज्यभर मतदान जारी

एजेन्सी । संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनका लागि बिहीबार मतदान सुरु भएको छ । मतदान स्थानीय समय बिहान ७ बजे सुरु भएर राति १० बजे बन्द हुनेछ । सबै प्रमुख दलहरूको ६ हप्ताको अभियानपछि आजको मतदान समाप्त भएसँगै देशले अर्को प्रधानमन्त्री प्राप्त गर्नेछ । इङ्ग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका कूल ६ सय ५० निर्वाचन क्षेत्रमा मतदान गरिनेछ ।

कूल ६ सय ५० संसदीय सिटमध्ये ३२६ सिट प्राप्त गर्ने कुनै पनि पार्टीको नेता देशको प्रधानमन्त्री बन्नेछ । बेलायतको सार्वजनिक सेवाको स्थिति, जीवनयापनको लागत, कर, आप्रवासन र अर्थतन्त्र निर्वाचनको प्रमुख विषय रहेको सिएनएनले जनाएको छ ।

यो निर्वाचनमा अर्थव्यवस्था, कर र आप्रवासनजस्ता मुद्दाले वर्तमान प्रधानमन्त्री ऋषिसुनकलगायत दाबेदारका लागि कसरी लहर बदल्छ भन्ने कुरा हेर्न महत्त्वपूर्ण छ । बेलायतको युरोपेली सङ्घसँगको सम्बन्धका विषय भने निर्वाचनमा धेरै हदसम्म बेवास्ता गरिएको छ । यस वर्षको मे महिनाको अन्त्यमा प्रधानमन्त्री सुनकले आकस्मिक चुनावको आह्वान गरेका हुन् । उनको पार्टीमा केही नेता समेतले यो निर्णयप्रति आश्चर्य जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित