- Loading...
रास्वपाले गर्यो महामन्त्री ढकाललाई ७ दिन निलम्बन
- गोल्डेन खबर
- ६ महिना अघि
- ११२ पटक पढिएको
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनकोलागि निलम्बन गरेको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको हो ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालले ढकाललाई थम्याएको पत्रमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित रअनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।
पार्टी उपसभापति अर्यालले ढकाललाई दिएको पत्रमा भनिएको छ–’मिति २०८१/०३/१९ गते बसेको केन्द्रीय समिति बैठकमा तपाईंलेपार्टी अनुशासनविपरीत अभद्र अशोभनीय अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्नेअभिव्यक्ति दिँदै हिँड्नुभएकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगकोतत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी सात दिनका लागि निलम्बन गर्ने निर्णय गरिएकोकुरा व्यहोरा जानकारी गराइन्छ ।‘