FLASH NEWS
- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
रास्वपाका महामन्त्री डा. ढकाल मुखमा कालो टेप टाँसेर पार्टीको बैठकमा सहभागी
- गोल्डेन खबर
- ८ महिना अघि
- १३५ पटक पढिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेर सहभागी भएका छन् ।उनी सांकेतिक रुपमा विरोध प्रकट गर्दै मुखमा टेप टाँसेर बैठकमा सहभागी भएका हुन् ।
बुधबार बिहान सुरु भएको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध प्रकट गरेका हुन् ।
महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए । तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएको बताएका छन् ।
महामन्त्री ढकालले केही दिनअघि पार्टी नेतृत्वलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देशप्रवाह भएको थियो। उनको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस