FLASH NEWS
- Loading...
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरण फेरबदल भयो – गृहमन्त्री लामिछाने
- गोल्डेन खबर
- ४ महिना अघि
- ११० पटक पढिएको
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले केहि निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको आरोप लगाएका छन् ।
मंगलवार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तनको प्रयत्न भएको बताए । उनले भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।
लामिछानेले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ, जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरू नै भन्नुहुन्थ्यो‚ फाइल खोल्नुप¥यो । फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो। एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको? त्यति पनि बुझ्न सक्दैन त ।’
प्रतिक्रिया दिनुहोस