FLASH NEWS
- Loading...
नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने रास्वपाको निर्णय
- गोल्डेन खबर
- ६ महिना अघि
- १४० पटक पढिएको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने भएको छ। एमाले कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले वर्तमान सरकारबाट बाहिरिने तर नयाँ गठबन्धनमा पनि सामेल नहुने निर्णय लिएको हो ।
अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए । ‘घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ। नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं ।’
परियारले नयाँ गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे । दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस