FLASH NEWS
  • Loading...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १०६ पटक पढिएको
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा नदिने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

बैठकपछि सचिव देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।

अहिले सरकारलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता नलिएकाले विश्वासको मत कहिले लिने भन्ने विषयमा केही सोच नबनाएको उनले बताए । मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने पनि माओवादीको निष्कर्ष छ ।

कांग्रेस र एमाले मिलेर ०४७ को व्यवस्थातिर जान खोजेको आरोप लगाउँदै पौडेलले यस विषयमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित