FLASH NEWS
  • Loading...

दक्ष जनशक्ति हुँदा पनि सधैँ कमजोर सरकारी विद्यालयको नतिजा

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १३६ पटक पढिएको
दक्ष जनशक्ति हुँदा पनि सधैँ कमजोर सरकारी विद्यालयको नतिजा

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) ग्रेड ल्याएका छन् । एसईई परिक्षामा देशैभरबाट चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागि भएकोमा फेल हुनेको संख्या पास हुने भन्दा बढि देखिएको छ । परिक्षाबाट ४७.८६ प्रतिशत अर्थात २ लाख २२ हजार ६ सय ९३ जना मात्रै पास भएका छन् । राष्ट्रिय परिक्षा बोर्डका अनुसार जम्मा ४ जना विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् भने अधिकांश विद्यार्थीले ३ जिपिए भन्दा कम नतिजा ल्याएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राालयको तथ्याङ्क अनुसार देशैभरका करिव २७ हजार बढि सामुदायिक विद्यालय मध्य ६ हजार ६ सय ६५ विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागि भएका थिए । ति मध्य अधिकांश विद्यालयको नतिजा खस्किएको छ । तथ्याङ्क अनुसार कुल नन ग्रेड ल्याउन विद्यार्थी मध्य सामुदायिक विद्यालयका मात्रै ८८.१२ प्रतिशत विद्यार्थी रहेका छन् । भने अघिकांश सामुदायिक विद्यालयका विद्यार्थीको ग्रेड ३ जिपिए भन्दा कम छ । यो नतिजा गत बर्षको तुलनामा झनै खस्किएको हो ।

विशेष गरी ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयहरुको नतिजा खस्किएको देखिन्छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका १३ विद्यालयका ५ सय ५३ विद्यार्थी मध्य जम्मा ४४ जना विद्यार्थी उर्तीण भएका छन् । त्यसमा पनि अधिकांशको ३ जिपिए कटेको छैन् । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुको रिजल्ट हेर्दा अघिल्ला बर्षहरुकै जस्तो नतिजा दोहोरीएको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेका सुचना अधिकारी लोकप्रसाद पौडेलले बताएका छन् । ‘कर्णालीका समग्रमा १० वटै जिल्लाहरुको नतिजा हेर्दा २, ३ बर्ष अघिकै तुलनामा रिजल्ट आएको छ,’ उनले भने, ‘हामीले जिल्लागत रुपमा विस्तृतमा अध्ययन तथा समिक्षा गर्दै छौँ । समग्रमा रिजल्टमा उल्लेखनिय सुधार भएको छैन् ।’ कर्णाली जस्तै देशका सात वटै प्रदेशका सामुदायीक विद्यालयको अवस्था उस्तै छ ।

यता नीजि तथा बोर्डिङ स्कुलको नीतिजा सरकारी विद्यालयको तुलनामा एकदमै राम्रो रहेको छ । त्यहाँका ८० प्रतिशत भन्दा बढि विद्यार्थीले राम्रो अर्थात ३ जिपिए सरह वा सो भन्दा बढि ल्याएका छन् । गत बर्षको तुलनामा यो बर्ष नीजि विद्यालयहरुको नतिजा तुलनात्मक रुपमा सुधार देखिएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एनप्याब्सन)ले बताएको छ । आगामि बर्षहरुमा थप सुधार हुँदै जाने एनप्याब्सनले बताएको छ ।

यता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईको रिजल्टबारे समिक्षा भइरहेको बताएको छ । शिक्षा मन्त्री सुमना क्षेष्ठले सातै वटै प्रदेशका मन्त्री, सचिव लगायत सम्बन्धीत विभाग संग छलफल तथा आगामि कार्यदिशातय गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका सुचना अधिकारी शंकर अधिकारीले २०७०, २०७१ सालको एसएलसीकै हाराहारीमा विद्यार्थीले नतिजा ल्याएको बताए । ‘नतिजामा उल्लेखनिय रुपमा सुधार भएको छैन्,’ उनले भने, ‘निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको नतिजा खस्किएको भए पनि समस्या दुवै क्षेत्रमा देखिएका छन् ।’

लगानीका हिसाबले सरकारको थुप्रै लगानी रहेको सामुदायीक विद्यालयमा देखिएका समस्या, अध्ययनको वातावरण, कतिपय क्षेत्रमा राजनीतिक झमेला, विद्यार्थी तथा शिक्षकको उत्तरदायीत्व बहन नभएका कारणले पनि विद्यालयहरुको नतिजामा उल्लेखनिय रुपमा सुधार हुन नसकेको उनको भनाई छ । उनले मन्त्रालयले समिक्षा पछि ति समस्याहरु सुधार गर्दै जाने बताएका छन् ।

दुईभन्दा बढी बिषयमा ‘नन ग्रेड’ले पनि पूरक दिन पाउने
मन्त्रालयले रिजल्ट र विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै नतिजामा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो । शिक्षा मन्त्री सुमना क्षेष्ठ तथा अन्य पदाधिकारीहरु बिचको छलफल पछि उक्त निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन् ।

यस्तै, २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी छन् । यस्तै ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ । एसईईको मौका परिक्षा साउन २३ गते देखि ३१ गते सम्म सञ्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित