FLASH NEWS
  • Loading...

एसइईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १२५ पटक पढिएको
एसइईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । गत बिहीबार प्रकाशित २०८० सालको एसइईमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

आइतबार बसेको बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा तालिका भने सोमबार सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था थियो । सो परीक्षा साउन १८ र १९ गतेका लागि तय गरिएको थियो ।

तर, शिक्षा मन्त्रालयले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइईमा फेल भएको देखाई उनीहरूलाई रोक्न नहुने निर्णय लिएको थियो ।

सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेपछि परीक्षाको नयाँ मिति सार्वजनिक गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित