FLASH NEWS
  • Loading...

प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेस डेबिट कार्ड सेवा

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १२९ पटक पढिएको
प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेस डेबिट कार्ड सेवा

काठमाडौँ । प्रभु बैंकले विद्युतीय भुक्तानीलाई सहज बनाउन भिजा इन्टरनेसनलसँगको सहकार्यमा प्रभु बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ। सेवाबाट अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानी गर्न सकिने बैंकको विश्वास छ।

चल्ती खाता खोली कारोबार गर्ने र गरिरहेका खाता धनीलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले सेवाको थालनी गरिएको बैंकले जनाएको छ। बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ। व्यापारिक घराना, फर्म, कम्पनी, कर्पोरेट, स्कुल तथा कलेज, विश्वविद्यालय, होटल, रेस्टुरेन्ट, अस्पताल आदिका ग्राहकले सेवाबाट लाभ लिन सक्नेछन्।
कार्डको मद्दतले यात्रा र मनोरञ्जनका क्षेत्रमा सहज रूपमा भुक्तानी गर्न सकिन्छ। कार्डको मद्दतले बिजनेस हाउसले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित खर्चलाई डिजिटलाइज गर्न सक्नेछन्। कार्डबाट हवाई र बसको टिकट तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलमार्फत ट्राभल एजेन्टसँग खरिद गर्न सकिन्छ।

व्यापारिक घरानाले कार्डमार्फत सिँधै आपूर्ति र खरिदको लागि भुक्तानी गर्न सक्नेछन्। उनीहरूले बिक्रेताहरूसँग राम्रो छुटको लागि सिँधै कुराकानी गर्न सक्छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित