FLASH NEWS
  • Loading...

टि–ट्वान्टी विश्वकप फाइनलः दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गर्दै भारत

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ९० पटक पढिएको
टि–ट्वान्टी विश्वकप फाइनलः दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गर्दै भारत

एजेन्सी । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को फाइनल खेलमा भारतले दक्षिण अफ्रिका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान रोहित शर्माले बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
फाइनलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा जित हासिल गरेका टोली नै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भारतः रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिभम दुबे, हार्दिक पन्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, अर्शदिप सिंह, कुलदीप यादव, जस्पृत बुम्राह

दक्षिण अफ्रिकाः क्विन्टन डीकक, रिजा हेन्ड्रीक्स, एइडन मार्क्रम, ट्रीस्टन स्टब्स, हैनरिक क्लासेन, डेविड मिलर, मार्को यानसन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्टजे, तब्रेज शम्शी

जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन् । दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो । समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक भारतले पनि खेलेका सबै खेल जितेको थियो। विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुने छ ।

दक्षिण अफ्रिका आइसीसी प्रतियोगिताको पहिलो उपाधिका लागि चुनौती पेश गर्दैछ। भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।

सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।

दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक आइसीसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । टि ट्वान्टी विश्वकपमा भारतको यो तेस्रो फाइनल हो ।

भारतले सुपर एटमा एकदिवसीय विश्वकप च्याम्पियन अष्ट्रेलियालाई हराएको थियो। सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित