FLASH NEWS
  • Loading...

साहित्यिक पत्रकार संघद्वारा असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १६१ पटक पढिएको
साहित्यिक पत्रकार संघद्वारा असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

तमू बौद्द सेवा समिति नेपालको सभा हल, अनामनगर, काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा डा. सुरेन्द्र के. सी., साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले शुभकामना व्यक्त गरेका छन् ।

सोही कार्यक्रममा चर्चित सङ्गीतकार एवं गायकहरु गणेश पराजुली र नरहरी प्रेमीले विभिन्न चर्चित गीतहरु गाएका थिए । कार्यक्रममा समाजसेवी एवं गीतकार शोभित उप्रेती, पूर्व सचिव खेमराज नेपाल, साहित्यकारहरु प्रा. डा. गोविन्दमान सिंह कार्की लगायत अन्य विभिन्न क्षेत्रका व्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%