FLASH NEWS
- Loading...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीका छोरा प्रतीक पक्राउ
- गोल्डेन खबर
- ४ महिना अघि
- ११८ पटक पढिएको
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । प्रतीकलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीको विशेष टोलीले उनलाई शुक्रबार अपराह्न पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने कार्यमा प्रतीकले बिचौलियाको भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यसपछि उनी फरार रहँदै आएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत थुनामै छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत रिहा भएका छन् ।
प्रतिक्रिया दिनुहोस