FLASH NEWS
  • Loading...

२१ सदस्यीय पदाधिकारी बनाउने नेकपा एसको निर्णय

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • ११३ पटक पढिएको
२१ सदस्यीय पदाधिकारी बनाउने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ । आज बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।

७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ । अहिले सम्मानित नेतामा झलनाथ खनाल छन् ।

एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ । योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित