FLASH NEWS
  • Loading...

एसइईको नतिजा सार्वजनिकः फेल भएकाले साउन १८ र १९ गते पुनः परीक्षा दिन पाउने

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १०५ पटक पढिएको
एसइईको नतिजा सार्वजनिकः फेल भएकाले साउन १८ र १९ गते पुनः परीक्षा दिन पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले फेल भएकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) यही साउन १८ र १९ गते परीक्षा दिन पाउने जनाएको छ। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले २०८० सालको एसइई नतिजा प्रकाशनसम्बन्धी पत्रकार सम्मलेलनमा उक्त जानकारी दिएका हुन्।

आज सार्वजनिक भएको नतिजाअनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन् । उनीहरूले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।

अध्यक्ष शर्माले बढी अंग्रेजी,विज्ञान र गणित विषयमा फेल भएको जानकारी दिए । उनका अनुसार गणितमा एक लाख ७७ हजार ९ सय ८५ जना, अंग्रेजीमा एक लाख एक हजार ३ सय ८३ जना र विज्ञानमा एक लाख २६ हजार ९ सय ३३ जना परीक्षार्थीहरू एनजी भएका छन् ।

त्यस्तै, सोसल स्टडिजमा ७३ हजार ८ सय ७७ जना र अर्थशास्त्रमा ६९ हजार ४ सय १६ परीक्षार्थीहरू एनजी भएको उनले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित