FLASH NEWS
  • Loading...

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ७९ पटक पढिएको
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका नवौं संस्करणको टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
आज भएको खेलमा ५७ रनको सामान्य लक्ष्य पाएको दक्षिण अफ्रिकाले आठौं ओभरमा लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि रिजा हेनरिकले २९ तथा एडेन माक्रमले २३ रन जोडे ।

त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन्। दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए । दोस्रो सेमिफाइनलमा आजै भारत र इङ्ल्याण्ड आमने सामने हुनेछन्। यी दुईको विजेतासँग उपाधिका लागि शनिबार भिड्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित