FLASH NEWS
  • Loading...

नवनिर्वाचित उत्पीडित जातीय मुक्ति समाजका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ३२६२ पटक पढिएको
नवनिर्वाचित उत्पीडित जातीय मुक्ति समाजका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को जनवर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट बाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

प्रदेशभरका विभिन्न जिल्लाहरुमा एमालेको अधिवेशन मार्फत विभिन्न पदमा निर्वाचित उत्पीडित दलित समाजका पदाधिकारीहरुलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो ।

उत्पीडित जातीय मुक्ति समाज बाग्मती प्रदेश कमिटिका अध्यक्ष नविन घतानीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय कमिटी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बधाई संगै शुभकामना व्यक्त गरेका छन् ।

तुल्सीलाल स्मृती भवन ललितपुरमा आयोजना गरिएको कार्यक्रममा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल सहित विशेष अतिथिको रुपमा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय अध्यक्ष मनोहर पौडेले विश्वकर्मा, एमाले वाग्मती प्रदेश कमिटि अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल लगायत मुक्ति समाजमा विभिन्न पदाधिकारी एमाले बाग्मती प्रदेश स्थित विभिन्न तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%