- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
भीमनारायण गोल्डकप फुटबल-एपीएफ फाइनलमा प्रवेश
- गोल्डेन खबर
- १० महिना अघि
- २०२ पटक पढिएको

काठमाडौं । धनकुटामा जारी १६ औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ।
बिहीबार धनकुटाको तल्लो टुँडिखेलमा भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै एपीएफ क्लब काठमाडौँ उपाधि नजिक पुगेको छ ।
खेलका म्यान अफ द म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए। उनले नगद ५ हजार ५ रुपैयाँ हात पारेका छन् ।
एपीएफले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड क्लब झापा र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानबीच शुक्रबार हुनेछ।
दर्शकका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।