FLASH NEWS
  • Loading...

प्रतिनिधिसभाको अवरोध चाँडै समाधान हुन्छः प्रधानमन्त्री

  • गोल्डेन खबर
  • ४ महिना अघि
  • १२९ पटक पढिएको
प्रतिनिधिसभाको अवरोध चाँडै समाधान हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय र प्रदेश पदाधिकारीको संयुक्त विस्तारीत बैठकमा सहभागी हुन विराटनगर पुगुभएका प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।

विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताउनुभयो ।

सोही संवादमा प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उहाँले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने स्पष्ट पार्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित