FLASH NEWS
  • Loading...

सन्दीप लामिछानेको मुद्दामा असोज १ गते पेसी

  • गोल्डेन खबर
  • १ साल अघि
  • २०३ पटक पढिएको
सन्दीप लामिछानेको मुद्दामा असोज १ गते पेसी

काठमाडौं:- नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्ध दायर भएको नाबालिगमाथिको जबरजस्ती करणी सम्बन्धी मुद्दा असोज १ गते पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा पटकपटक पेसी चढ्ने अनि केही न केही आदेश गर्ने हुँदै सर्दै आएको छ।

यसअघि पनि जिल्ला अदालतले बसाइँ(सराइ गरी गएको स्थानबाट कागजात मगाउने आदेश गरेको थियो। उक्त आदेश अनुसारको विवरण जिल्ला अदालतमा पेस भएकाले असोज १ गतेका लागि पेसी तोकिएको र उक्त दिनबाट निरन्तर सुनुवाइ हुने आशा राखेको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।

यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ(सराइ गरी गएको काठमाडौंको एक स्थानीय तहबाट बसाइँ(सराइ गर्दा पेस गरिएको कागजात माग गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित