FLASH NEWS
  • Loading...

शोक वक्तव्य जारी गर्दै पूर्व सभामुखले गरे नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७४ पटक पढिएको
शोक वक्तव्य जारी गर्दै पूर्व सभामुखले गरे नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त

काठमाडौं:नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले आज शोक वक्तव्य जारी गर्दै दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्व सभामुख सापकोटाले स्मरण गरे ।

नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक वृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने बताए ।

एमाले उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित