- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
एसिया कप क्रिकेटः पाकिस्तानमाथि भारतको फराकिलो जित
- गोल्डेन खबर
- १ साल अघि
- २७५ पटक पढिएको

काठमाडौं: एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । कोलम्बोमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएको हो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे । त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए । पाकिस्तानका कप्तान बाबर आजमले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा भारतका कुलदिप यादवले ५ विकेट लिएका थिए । त्यस्तै जस्प्रीत भुम्राह, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले एक–एक विकेट लिए ।
त्यसअघि आइतबार वर्षाले खेल प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोडेको थियो । भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे ।
कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे । कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका छन् । कोहलीको यो ४७औं एकदिवसीय शतक हो ।
पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १९१ विकेट लिए ।