FLASH NEWS
  • Loading...

नेम्वाङको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति: महरा

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९४ पटक पढिएको
नेम्वाङको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति: महरा

काठमाडौं- पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

महराले मंगलबार शोक वक्तव्य जारी गर्दै नेम्वाङको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन् ।

‘नेम्वाङको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति पुगेको छ’, महराले विज्ञप्तिमा भनेका छन्, ‘यस क्षणमा मुलुक परिवर्तनको आन्दोलन र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्दछु ।’

हृदयाघातका कारण नेम्वाङको गएराति निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित