FLASH NEWS
  • Loading...

क्यान्सर पीडित सरुलाई केपी ओलीको हौसलाः तपाईंले छिट्टै क्यान्सर जित्नुहुनेछ,हामी पुनः भेट्ने छौँ

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९८ पटक पढिएको
क्यान्सर पीडित सरुलाई केपी ओलीको हौसलाः तपाईंले छिट्टै क्यान्सर जित्नुहुनेछ,हामी पुनः भेट्ने छौँ

काठमाडौं -घाँटीको क्यान्सर भएपछि हाल अमेरिकामा उपचार गराईरहेकी प्रसिद्ध छन्द वाचिका सरु गुरागाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हौसला दिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।

गुरागाईंलाई क्यान्सर भएको पुष्टिसहितको समचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत ओलीले उनलाई स्वास्थ्य लाभके कामना गरेका हुन् । ओलीले आफ्नो स्टयाटस्मा एकपटक गुरागाईं दम्पततिसँग भेट भएको उल्लेख गरेका छन् । भने उनी निको भएपछि पुनः भेट्ने बाचासमेत गरेका छन् ।

‘सरु र मुरारी गुरागाईंले भानुभक्तीय रामायण वाचन गरी सार्वजनिक गरेपछि एकपटक भेटेर कुराकानी गर्ने पनि कुरा भएको थियो। आज अचानक सरुलाई घाँटीको क्यान्सर लागेको खबर सुनेर दुःख लाग्यो’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईंले छिट्टै क्यान्सर जित्नुहुनेछ र हामीलाई फेरि कविता वाचन गरेर सुनाउनु हुनेछ। स्वास्थ्यलाभको कामना सरु१ तपाईंलाई ठीक हुनेछ र हामी भेट्ने छौँ।’

२ सन्तानकी आमा सरु हाल अमेरिकामा रहेकी छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित