FLASH NEWS
- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
सर्वोच्चका प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान
- गोल्डेन खबर
- १ साल अघि
- १५१ पटक पढिएको

काठमाडौं— सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ । आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।
अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।
प्रतिक्रिया दिनुहोस