FLASH NEWS
  • Loading...

काठमाडौं र ललितपुरमा भोलि दिनभरजसो बिजुली जाने

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३८ पटक पढिएको
काठमाडौं र ललितपुरमा भोलि दिनभरजसो बिजुली जाने

काठमाडौं- काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा भोलि दिनभरजसो बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकारणले आज सूचना निकालेर बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् अवरूद्ध हुने जानकारी गराएको हो ।

रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा बत्ती जाने भएको हो । टेकु तथा के–थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्वीचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको बिजुली बन्द हुने भएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित