FLASH NEWS
  • Loading...

उपेन्द्र यादवले घुर्काएपछि प्रधानमन्त्री प्रचण्ड फायर, रवि र राजेन्द्रलाई सरकारमा भित्र्याउने तयारी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०० पटक पढिएको
उपेन्द्र यादवले घुर्काएपछि प्रधानमन्त्री प्रचण्ड फायर, रवि र राजेन्द्रलाई सरकारमा भित्र्याउने तयारी

काठमाडौं _प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । राप्रपालाई सरकारमा ल्याउने गृहकार्य थालेका प्रधानमन्त्री दाहालले यो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि सत्ता–सहकार्यको लागि छलफल गरेका छन् ।

राप्रपालाई संसदीय समितिको सभापतिको भाग छुट्याएसँगै सत्ता–सहकार्यको चर्चा चलेको छ । राप्रपाका सांसद दीपक सिंह अहिले पूर्वाधार विकास समितिको सभापति चयन भएका छन् ।

राप्रपाले कोशी प्रदेशको स्थायित्वको लागि भूमिका खेल्ने वचन दिएपछि संसदीय समितिको सभापति दिईएको कांग्रेस–माओवादी नेताहरुको भनाई छ । यद्धपी राप्रपाका नेताहरुले भने समितिको सभापति बन्ने विषय राजनीतिक–लेनदेनको विषय नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । लिङ्देन पुष १० गतेको एमाले–माओवादी नेतृत्वको गठबन्धन हुँदा उपप्रधान एवम् उर्जामन्त्री बनिसकेका छन् ।

प्रधानमन्त्री दाहालको नेतृत्वमा काम गरिसकेका लिङ्देनलाई पूनः सरकारमा ल्याउन प्रधानमन्त्री दाहालको पनि जोड छ । यस्तो अवस्थामा माओवादी केन्द्रबाट हाल सरकारमा सहभागी मन्त्रीहरुले नै त्याग गर्नुपर्ने हुन्छ । सरकारको स्थायित्वको लागि प्रधानमन्त्री दाहालले पछिल्लो समय राप्रपा र रास्वपाका नेताहरुसँग छलफल गरेका छन् ।

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीसँगको सहकार्य तोडेर भएपनि प्रधानमन्त्री दाहालले राप्रपा र स्वास्पालाई सरकारमा सहभागी गराउने मन बनाएका छन् । रास्वपाका सभापति रवि लामिछानेले पनि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको रुपमा काम गरिसकेका छन् । गौर हत्याकाण्डको विषयमा पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेपछि जसपाका नेताहरु प्रधानमन्त्री दाहालसँग हच्किएका छन् ।

उपेन्द्र यादवले त भेटेरै सहकार्य तोड्ने चेतावनी दिएका थिए । यादवले बारम्बार धम्क्याउन थालेपछि प्रधानमन्त्री प्रचण्डले पनि राप्रपा र रास्वपासँग सहकार्यको मुड बनाएका छन् । राप्रपा सरकारमा आउने करिब निश्चित् भएपनि रास्वपाको सत्तारोहणबारे भने यसै भन्न सकिने अवस्था नभएको माओवादी नेताहरुको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित