FLASH NEWS
  • Loading...

एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५४ पटक पढिएको
एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार

काठमाडौं_नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि एमालेले असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो । आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताए । यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउने बताएका थिए ।

यस्तै लेखा समितिका सदस्य गोकुल बास्कोटाले सत्तापक्षमै भागबन्डा नमिलेर आठ महिनासम्म नेतृत्व चयन नगरेको बताए । एमालेले भाग नमागेको भन्दै उनले सत्तापक्षमै मिलाएर लिएर भए पनि नेतृत्व टुंग्याउन सुझाव दिए ।

त्यसो त नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति दिनेगरी सहमति बनिसकेको छ ।

बैशाख दोस्रो साता समिति गठन भए पनि दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म नेतृत्व पाउन सकेको छैन । बास्कोटाले भने, ‘संसदीय समितिको सभापति चयनमा सत्ताको भागबन्डा नपुगेर हलो अड्काउँछन् अनि लोकतन्त्रको भाषण घोक्रो फुल्ने गरी गर्छन् । विपक्षीलाई कुनै समितिको नेतृत्व गर्न दिन मन नलागे नदिए हुन्छ । तर, समितिहरुलाई संसदको दुई सेसन सकिन लाग्दा पनि पंगु बनाउनु सत्ता पक्षको सर्वसत्तावादी सोचको चरम नमुना हो ।’

यसैबीच एमालेले बहिष्कार गरेपछि कोरम नपुगेर आज दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित