FLASH NEWS
  • Loading...

तीन महिने अभियानलाई सफल बनाउन माओवादीद्वारा संयोजन समितिको संरचना तयार

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९८ पटक पढिएको
तीन महिने अभियानलाई सफल बनाउन माओवादीद्वारा संयोजन समितिको संरचना तयार

काठमाडौं- माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई सफल बनाउन सबै प्रदेशमा संयोजन समितिको संरचना तयार गरेको छ ।

भदौ १६ देखि सुरु हुने अभियानलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जुममार्फत ७५३ वटै पालिकामा एकसाथ अभियानको उद्घाटन गर्ने तयारी गरिएको छ ।

पार्टीले मातहतका कमिटीलाई पठाएको परिपत्रमा अभियानलाई प्रदेश इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको समेत अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ ।

अभियानलाई सफल बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन सदस्य रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गर्ने व्यवस्था गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित