FLASH NEWS
  • Loading...

गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नगर्नु त आठौं कि नवौं आश्चर्य भन्नुपर्छः ओली

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६६ पटक पढिएको
गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नगर्नु त आठौं कि नवौं आश्चर्य भन्नुपर्छः ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतले राजीनामा नगर्नु त आठौं कि नवौं आश्चर्य भन्नु पर्ने बताएका छन् ।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन् । ‘राजीनामा नगरेर कसरी बस्न सकेकोरु आठौं कि नवौं आश्चर्य भन्नुपर्छ’ ओलीले भने, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो, त्यो बहन नगरेर फेरि पनि मन्त्री भएर झण्डा हल्लाएर हिंड्न अप्ठ्यारो लाग्नुपर्ने होइनरु’

ओलीले सरकार भ्रष्ट र नालायक भएको पनि बताए । ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने, ‘उहाँले आफैं राजीनामा गर्नुपर्ने हो ।’

२ साउनमा काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित