FLASH NEWS
  • Loading...

लुम्बिनी प्रदेशसभाको सचिवमा दुर्लभ कुमार पुन दोस्रो कार्यकालका लागि पुनः नियुक्त

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११९ पटक पढिएको
लुम्बिनी प्रदेशसभाको सचिवमा दुर्लभ कुमार पुन दोस्रो कार्यकालका लागि पुनः नियुक्त

काठमाडौं— लुम्बिनी प्रदेशसभाको सचिवमा दुर्लभ कुमार पुन दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पुनलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन् । यस अघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन् । सुदूरपश्चिम प्रदेशको कैलालीमा घर भएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत भई १७ वर्ष राजनीतिमा सक्रिय थिए ।

४८ वर्षीय पुनले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका थिए । माओवादीभित्र उनको विकल्पमा अरू पात्र ल्याउन खोजिए पनि कानुनी दक्षता र अनुभवका आधारमा उनी बलियो रहेको र पार्टी नेतृत्वमा पनि उत्तिकै पहुँचमा भएकाले दोहोरिएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित