FLASH NEWS
  • Loading...

ललिता निवास प्रकरणमा बयान दिन बाबुराम तयार

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०३ पटक पढिएको
ललिता निवास प्रकरणमा बयान दिन बाबुराम तयार

काठमाडौं_ पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको बताएका छन्।

बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्। ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन,’ भट्टराईले भने, ‘म बयान दिन तयार छु।’

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए। मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उनले सोहीअनुसार नेसपा अघि बढेको पनि बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित