FLASH NEWS
  • Loading...

प्रतिपक्षीलाई दोष थुपारेर सराकार उम्किन खोज्दै छः भगवती न्यौपाने

  • गोल्डेन खबर
  • १ साल अघि
  • ३०६ पटक पढिएको
प्रतिपक्षीलाई दोष थुपारेर सराकार उम्किन खोज्दै छः भगवती न्यौपाने

काठमाडौं-नेकपा एमालेकी सांसद भगवती न्यौपानेले सरकार प्रतिपक्षीलाई दोष थुपारेर आफू उम्किन खोजेको बताएकी छिन् । उनले सरकार जनताप्रति संवेदनहीन भएको पनि दाबी गरेकी छिन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै सरकार आफैंले सदन खोल्न चासो नदिएको बताइन् । उनले भनिन्, ‘सुन प्रकरणमा मन्त्रीहरूकै संलग्नता छ भन्ने तथ्यहरूले पुष्टि गरेको छ । राज्यका निकायहरूको मिलेमातोमा तस्कारीको काम भइरहेको छ । हामीले तथ्यसहित प्रस्तुत भइरहेको छौं । हामीले सामान्य विषयमा सदन अवरुद्ध गरेका होइन । क्विन्टल सुन एयरपोर्टबाट कसरी आउँछरु सेटिङविना सम्भव छैन । राज्यको निकाय र मन्त्रीहरूलाई पनि बयान लिनको लागि उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छौं । त्यो मागलाई बेवास्ता गरेर सदन चल्न नदिने सरकाररबाट काम भइरहेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित