FLASH NEWS
  • Loading...

योजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७५ पटक पढिएको
योजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं_ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

प्राधिकरणका गतिविधिबारे जानकारी गराउँदै गर्दा बत्ती गएपछि कुलमान एकछिन तनावमा परेका थिए । मिडियाहरूमा जारी प्रेसमिटको प्रत्यक्ष प्रसारणसमेत केहीबेर अवरुद्ध भयो ।

लाइन गएपछि कुलमानले पानी परेर विभिन्न ठाउँमा सिस्टममा खराबी आएकोले गर्दा यस्तो समस्या आएको भन्दै प्रष्टीकरण दिएका छन् ।

पछिल्ला केही दिनदेखि देशभर बिजुली जाने समस्या बढ्दै गएको छ । पूर्वसूचनासमेत नगरी बिजुली बीचबीचमा गइरहँदा उपभोक्ताको गुनासो बढ्दो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित