FLASH NEWS
  • Loading...

सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना ‘जिम्मा जमानी’मा रिहा

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२३ पटक पढिएको
सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना ‘जिम्मा जमानी’मा रिहा

काठमाडौं_ करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । सुब्बा भन्सार एजेन्ट हुन् ।

उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने–‘उपचार प्रयोजनार्थ उहाँलाई रिहा गरिएको हो, सुनमा असंलग्न भनेर होइन् ।’

घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अकिारीले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित