FLASH NEWS
  • Loading...

माओवादी बैठक:सुन प्रकरणमा जुनसुकै तहका नेतामा छानबिनको सुई सोझिए पनि छाड्नु नहुने तर्क

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४७ पटक पढिएको
माओवादी बैठक:सुन प्रकरणमा जुनसुकै तहका नेतामा छानबिनको सुई सोझिए पनि छाड्नु नहुने तर्क

काठमाडौं – नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले भ्रष्टाचारको विषयमा प्रश्न उठाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा छानबिनको क्रममा सुई जता गए पनि छाड्न नहुने नेताहरुले बताएका छन् ।बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रममा भ्रष्टाचार प्रकरणमा छानबिन गर्न कसैले हस्तक्षेप गर्न नहुने सुझाव दिएको एक नेताले बताए ।

ती नेताले भने, ‘पार्टीका नेताहरुको नाम त तोक्नुभएको छैन । तर, छानबिनको क्रममा जहाँसम्म सुई जान्छ, त्यहाँसम्म पुग्नुपर्छ । त्यसमा हाम्रो र अर्काको भनेर हुँदैन ।’

सरकारले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा सुन प्रकरणमा माओवादी नेताहरुको नाम जोडिएको छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको संलग्नता भएको आरोप लाग्दै आइरहेको छ ।

यस्तै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बितेका तीनचार महिनामा निर्वाध रुपमा ३३ पटकभन्दा बढी सुन भित्रिएको खुलेको छ । त्यो प्रकरणमा संलग्न भएका व्यक्तिहरुको नेक्सस उपमहासचिव वर्षमान पुनसम्म रहेको खबर आइरहेको छ ।

सो प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत संलग्नता रहेको भन्दै राजीनामा मागिरहेको छ ।

सुन तस्करी सञ्जालमा माओवादीका शीर्ष तहका नेताहरू नै पर्न थालेपछि प्रधानमन्त्रीकै चाहनामा राजस्व अनुसन्धान विभागबाटै सबै छानबिन गर्न खोजिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित